वीरगन्ज :

प्याब्सन वीरगंज महिला क्रिकेटमा ओम नेशनल, गौतम र अल्पाइन स्कुल विजयी

श्रेणी : खेलकुद

2 months
Pradeep Sah
2.8kViews
1067 Shares

वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजना जारी प्याब्सन वीरगंज महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार विभिन्न खेलहरु सम्पन्न भएकाे छ । बिहीबार भएको गर्ल्सको पहिलो खेलमा जीवन ज्योतिलाई हराउँदै ओम नेशनल बिजयी भएकाे छ ।

टस जिति ब्याडिङ्ग रोजेका जीवन ज्योतिले ४ विकेटको क्षतिमा ४७ रन बनाएका थिए भने ओम नेशनलले ८ बिकेटले बिजयी भएका थिए । सो खेलको म्यान अफ द म्याच ओम नेशनल स्कुलकी प्रिया क्षेत्री घोषित भइन ।

त्यसैगरि गर्ल्सको तर्फ कै दोस्रो खेलमा गौतम स्कुल विजयी भएकाे हाे । माउन्ट मकालुलाई १० विकेटले हराउँदै गौतम स्कुल बिजयी भएको आयाेजकले जनाएकाे छ । माउन्ट मकालु स्कुलले टस जिति ब्याटिङ्ग गर्दै ८ ओभरमा ९ विकेटको क्षतिमा ४६ रन बनाएकाे थियाे । गौतम स्कुलले ८ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्दै बिजयी भएको थियाे । सो खेलको म्यान अफ दि म्याच गौतम स्कुलकी सुरेखा बस्नेत घोषित भएकी थिईन ।

त्यसैगरी गुर्ल्स तर्फ तेस्राे खेलमा अल्पाइन स्कुल विजयी भएकाे हाे । मनकामना स्कुललाई १० विकेटले हराउँदै अल्पाईन स्कुल बिजयी भएको आयाेजकले जनाएकाे छ ।

अल्पाईन स्कुलले टस जितेपनि मनकामना स्कुललाई ब्याटिङ्ग गर्न दिएको र आफुले बलिङ्ग रोजेका थियाे । मनकामना स्कुलले ८ ओभरमा ० विकेटको क्षतिमा ४७ रन बनाएका थिए भने अल्पाइन स्कुलले ५ ओभरमा कुनै विकेट नगुमाई ५१ रन बनाई बिजयी भएकाे थियाे । सो खेलको म्यान अफ दि म्याच अल्पाईन स्कुलकी प्रजिता मिश्रा घोषित भएकि थिईन ।

म्यान अफ द म्याच भएकाहरुलाई लिटल बडी स्कुलका प्रिन्सपल विजय बाल लगायतकाले सिल प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *