
श्रेणी : खेलकुद
वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा वीरगंजमा जारी अण्डर-१२ क्रिकेट प्रतियोगितामा आइतबार दाेस्राे पटक कालिका एकेडेमी विजयी भएकाे छ । प्रतियाेगिता अन्तर्गत आईतबार भएकाे पहिलाे खेलमा पर्साकाे ग्रामिण भेगका विद्यालय कालिका एकेडी विजयी भएकाे हाे ।
वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएकाे खेलमा अल्पाइन स्कूल वीरगंज श्रीपुरलाई दुई रनले हराउँदै कालिका एकेडेमी कालिकामाई गाउँपालिका २, भेडिहारी विजयी भएकाे प्याब्सन वीरगंजका सचिव राहुल आलाेक अमितले जानकारी दिए ।
कालिका एकेडमी टस जितेर ब्याटिङ राेजेकाे थियाे । सुरुमा ब्याटिङ गरेकाे कालिका एकेडेमीले पुरै १० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानीमा १२० रन बनाएकाे थियाे । त्यसपछि १२० रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे अल्पाइन स्कूलले १० ओभर मै ६ विकेट गुमाउँदै ११९ रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घाेषित भएकाे थियाे ।
खेलकाे म्यान अफ दि म्याच कालिका एकेडेमी कै अमित पटेल घाेषित भएका थिए ।
यसैगरी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत नै भएकाे अर्काे खेलमा विद्यया सागर स्कुल विजयी भएकाे छ । ज्ञानदा स्कुललाई ६ विकेटले हराउँदै विद्यया सागर विजयी भएकाे प्याब्सन पर्साका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए । साे खेलकाे म्यान अफ दि म्याच ४२ रन बनाएका जिसान अहमद घाेषित भएकाे अध्यक्ष श्रीवास्तवले वताए ।

प्रतिक्रिया