वीरगन्ज :

प्याब्सन इन्टर स्कूल टी–२० क्रिकेट : गोल्डेन फ्यूचर, बिकन र मास्कट विजयी

श्रेणी : खेलकुद

6 months
Pradeep Sah
2.1kViews
1198 Shares

वीरगंज । नारायणी क्रिकेट मैदानमा जारी नेपाल मेडिसिटी प्याब्सन इन्टर स्कूल टी–२० नकआउट क्रिकेट प्रतियोगितामा आइतबार तीन खेल सम्पन्न भएका छन् । आइतवार भएका खेलमा गोल्डेन फ्यूचर, बिकन स्कुल र मास्कट एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा माउन्ट मकालु र गोल्डेन फ्यूचरबीच प्रतिस्पर्धा भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको माउन्ट मकालु १४.५ ओभरमै सबै विकेट गुमाएर ७४ रनमै समेटियो । ७५ रनको लक्ष्य गोल्डेन फ्यूचरले १३.२ ओभरमै ६ विकेटको क्षतिमा पूरा ग-यो । यस खेलमा निरञ्जन यादव ’प्लेयर अफ दी म्याच’ घोषित भए ।

दोस्रो खेलमा बिकन स्कुल १६ रनले विजयी भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको बिकन स्कुलले १५ ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनायो । १०८ रनको लक्ष्य पछ्याएको लिटिल फ्लावर १५ ओभरमा ७ विकेट गुमाउँदै ९१ रनमै सीमित भयो । बिकनका नौसाद मियाँ उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

तेस्रो खेल मास्कट एकेडेमी र गुरुकुल एकेडेमीबीच भयो । टस जितेर पहिला ब्याटिङ गरेको मास्कट एकेडेमीले १५ ओभरमा ५ विकेट गुमाएर ११७ रन बनायो । ११८ रनको लक्ष्य पछ्याएको गुरुकुल एकेडेमी १३.५ ओभरमै ४९ रनमै अलआउट भयो । मास्कटका रोहित कुमार महतो ‘प्लेयर अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताका प्लेयर अफ दी म्याचलाई नगदसहित पुरस्कृत गरिएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *