
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२४ पुस । पोल्याण्डमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेकाहरूमा सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यादववंशी र गोरखाका ३७ वर्षीय राजेश बराम रहेका छन्।
काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका कृष्णले पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर पीडितहरूबाट ७२ लाख ४८ हजार १ सय ५० रुपैयाँ ठगेका थिए। यस्तै, सामाखुसी बस्ने राजेशले पनि ८ लाख ९० हजार रुपैयाँ असुलेका थिए। रकम लिएको केही समयपछि दुवै व्यक्ति सम्पर्कविहीन भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले कृष्णलाई महानगरपालिका–३१ बाट र राजेशलाई टेकु क्षेत्रबाट पक्राउ गरेको हो।
दुवै जनालाई आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीमा बुझाइएको छ।

प्रतिक्रिया