वीरगन्ज :

पोखरीया अस्पतालमा खानेपानी अभावपछि मन्त्री यादवको निर्देशनमा डिप बोरिङ सुरू

श्रेणी : मधेस

23 hours
Pradeep Sah
1.8kViews
1881 Shares

वीरगञ्ज, २० साउन – पर्साको पोखरीया बजार क्षेत्रमा खानेपानीको समस्या देखिएपछि खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा चार स्थानमा डिप बोरिङ मार्फत पानी वितरणको कार्य अगाडि बढाइएको छ।

पोखरीया नगरपालिका–४ स्थित पोखरीया अस्पताल, अजाद मदरसा तथा स्कुल आसपासको क्षेत्रको चापाकल सुक्दै गएपछि बजार क्षेत्रमा पानीको अभाव चर्किएको थियो। अस्पतालमा उपचारका लागि आएका सेवाग्राहीहरू पिउन पानीको समस्या झेलिरहेका थिए। उक्त गुनासो मन्त्री यादवसम्म पुग्नासाथ उनले आकस्मिक रूपमा अस्पताल तथा आसपासका क्षेत्रमा डिप बोरिङ गराउन निर्देशन दिएका हुन्।

पोखरीया नगरपालिकाका पूर्व उप–मेयर सलमा खातुनका अनुसार, नगरपालिका भरिका १० वटै वडामा डिप बोरिङ तथा पाइपलाइन विस्तार गरी खानेपानी वितरण गर्ने दीर्घकालीन योजना प्रक्रियामा रहेको छ। तर अस्पताल र स्कुलजस्ता अति संवेदनशील स्थानमा पानीको चरम अभाव भएपछि मन्त्री यादवको पहलमा तत्काल डिप बोरिङको कार्य अगाडि बढाइएको हो।

उनले भनिन्, “अस्पताल र स्कुलबाहेक अन्य दुई स्थानमा समेत मन्त्री यादवको निर्देशनमा चार ठाउँमा डिप बोरिङको काम थालिएको छ। भोली–पर्सीभित्र नै पानी वितरण सहज हुने अपेक्षा गरिएको छ।”

अस्पताल, स्कुल, मस्जिद र मन्दिरजस्ता सार्वजनिक स्थानमा समेत डिप बोरिङ तथा पाइपलाइनमार्फत पानी पुर्‍याउने कार्य थालिएपछि पोखरियावासी खुसी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *