वीरगन्ज :

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उप-सचिव सापकोटा

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उप-सचिव सापकोटा

श्रेणी : BANNER

2 years
Pradeep Sah
51Views
0 Shares

वीरगंज (पर्सा), २ जेठ । पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उप सचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् । सोमबार हाजिर भएका उनलाई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सप्ताह पहिला नै उप सचिव सापकोटालाई पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सरुवा गरेपनि उनी सोमबार मात्र हाजिर भएका हुन् । उनलाई नगरपालिकाका मेयर प्रधुमन चौहाले हाजिर गराएका थिए । त्यसपछि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जनप्रतिनि तथा कर्मचारीसंग परिचात्मक कार्यक्रम गरेका थिए । परिचात्मक कार्यक्रममा वोल्दै मेयर चौहानले केही समयदेखि रोकिएको नगरपालिकाको काम अब गति लिने वताए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले आफुले कसैको दबाबमा नपर्ने र विकास निर्माणको कामकाज नियम/कानुन अनुसार अगाडी बढाउने वताए ।

मेयर चौहानको अध्यक्षतामा भएको परिचात्यमक कार्यक्रममा उप मेयर रूबी कुमारी ठाकुर, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानू, महेंद्र महतो चाई, प्रमानंद प्रसाद पटेल, किशोरी शाह तेली, नौशाद आलम, प्रशासन शाखा तथा शिक्षा शाखा प्रमुख विजय कुमार झा, लेखा शाखा प्रमुख मनदीप महतो, बांधना खातिवाड लगायतको उपस्थिती रहेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *