वीरगन्ज :

पोखरिया एचपीभी खोप अभियानमा स्वास्थ्यकर्मीमाथि हातपात, दुई जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.6kViews
1783 Shares

वीरगन्ज, २५ माघ । पर्साको नगरपालिका-१ मा जारी एचपीभी खोप अभियानका क्रममा स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका पर्नेहरुमा ३५ वर्षीय प्रमोद पटेल र मन्जय गिरी रहेका छन्। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार आधारभूत स्वास्थ्य केन्द्रमा प्रमोद पटेलले कक्षा ३ मा अध्ययनरत आफ्नी छोरीलाई खोप लगाउन आग्रह गरेका थिए। खोप अभियान कक्षा ६ देखि १० सम्मका छात्राहरूका लागि मात्र रहेको बताइएपछि विवाद उत्पन्न भएको थियो ।

विवाद बढ्दै जाँदा आक्रोशित पटेल र गिरीले स्वास्थ्यकर्मी शोशील कुमार महतो र वडा सचिवमाथि गालीगलौज गर्दै हातपात गरेका थिए। घटनापछि प्रहरीलाई खबर गरिएपछि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

ठाकुरले स्वास्थ्यकर्मीमाथि भएको हातपातलाई निन्दनीय भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्र । उनले दोषीलाई दण्डित नगरे स्वास्थ्यकर्मीको मनोबल गिर्न सक्ने चेतावनी समेत दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार घटनाबारे अनुसन्धान जारी रहेको छ। पीडित पक्षबाट लिखित उजुरी प्राप्त भएपछि कानुनी प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *