वीरगन्ज :

पोखरियामा सञ्चालनमा आएको मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

श्रेणी : मधेस

1 month
Pradeep Sah
2.6kViews
1088 Shares

वीरगन्ज,२१ फाल्गुन । पर्साको पोखरिया नगरपालिकामा हालै सञ्चालनमा ल्यायएको मालपोत कार्यालयमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले अनुगमन गरेका छन् ।पोखरियामा यहि फागुन १५ गते मालपोत कार्यालयको उद्घाटन गरिएको थियो।

मेयर चौहानले मालपोत कार्यालयमा अनुगमनको क्रममा त्यहाँ सेवा लिन आएका सेवाग्राहीहरुसंग कार्यालयको सेवा प्रवाह र कर्मचारीहरुको व्यवहारबारे जानकारी लिए।त्यसक्रममा कार्यालयका कर्मचारीहरुलाई निर्देशनसमेत दिदै मेयर चौहानले मालपोत कार्यालयलाई अझै ब्यवस्थित बनाउनुपर्ने भन्दै त्यसमा आवश्यक सहयोग गरिने बताए । कुनै समस्या भएमा त्यसबारे आँफुलाई जानकारी गराउनसमेत आग्रह उनले गरे ।

अनुगमनका क्रममा मेयर सिंहलाई कार्यालयका कर्मचारीहरुले गत सोमबार १० जना र मंगलबार १४ जना सेवाग्राहीहरुको काम गरिएको जानकारी गराए ।पोखरियामा सञ्चालनममा आएको मालपोत कार्यालयबाट पोखरिया नगरपालिकाका साथै धोबिनी ,कालिकामाई,छिपहरमाई,पकहामैनपुर जगरनाथपुर, र बिन्दबासनी गाउँपालिका गरि सात पालिकाका नागरिक लाभान्वीत हुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *