
श्रेणी : मधेस
बीरगन्ज,२४ वैशाख । राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका–८, जगतपुर, मननपुरमा त्रैमासिक अभियान अन्तर्गत संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रम पार्टीका जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा सम्पन्न भयो भने संविधानसभा सदस्य इस्लाम हवारीले उद्घाटन गरेका थिए। कार्यक्रममा केन्द्रीय सदस्यहरू नेजामुद्दीन शमानी, अनिरुद्ध प्रसाद कलवार, अली अकबर मियाँ, फहिम हवारी लगायतका नेता तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
उक्त अवसरमा १२६ जनालाई पार्टीको सदस्यता वितरण गरिएको जानकारी दिइएको छ।
कार्यक्रममा बोल्दै नेताहरूले मधेशी, थारू, जनजाति समुदायमाथि भएको ऐतिहासिक विभेद र राज्यको उपेक्षालाई लिएर चिन्ता व्यक्त गरे। यिनै समुदायको अधिकार सुनिश्चित गर्न पार्टीले आवाज उठाउँदै आएको भन्दै, संस्थागत भ्रष्टाचार, अन्याय र ठगीविरुद्ध निर्णायक लडाइँ आवश्यक रहेको उनीहरूको भनाइ थियो।
साथै, पोखरिया नगरपालिकामा देखिएको व्यापक भ्रष्टाचार र पार्टीद्वारा बुझाइएको ज्ञापनपत्रको बेवास्तालाई लिएर नेताहरूले आक्रोश व्यक्त गरे। अब शसक्त आन्दोलन आवश्यक रहेको भन्दै नागरिकहरूलाई एकजुट हुन आग्रह गरियो।
कार्यक्रममा सहभागी कार्यकर्ताहरूले संगठनलाई थप बलियो बनाउने र न्याय तथा समानताका लागि निरन्तर संघर्ष गर्ने दृढ संकल्प व्यक्त गरेका छन्।

प्रतिक्रिया