वीरगन्ज :

पोखरियामा युवा प्रदर्शन, संविधान रक्षाको माग

श्रेणी : BANNER

2 days
Pradeep Sah
1.8kViews
1509 Shares

बीरगन्ज,२६ भदाै । जेन–जी पुस्ताको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देशमा उत्पन्न राजनीतिक शून्यता र अनिश्चितताकाबीच पर्साको पोखरियामा युवाहरूले प्रदर्शन गरेका छन्।

प्रधानमन्त्रीको राजीनामापछि देशमा कुनै पनि सरकार नरहेको अवस्थामा अस्थिरता फैलाउने र वर्तमान व्यवस्था नै खारेज गर्ने चलखेल भएको भन्दै उनीहरूले खबरदारी गरेका हुन्।

प्रदर्शनकारी युवाहरूले ‘संविधानको रक्षा गरौँ’ र ‘संसद विघटन गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै सडकमा उत्रिएका थिए। उनीहरूले अहिलेको संविधान र लोकतान्त्रिक व्यवस्थाको सुरक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया र नेतृत्वबारे बहस सुरु भएको छ। तर, यसैबीच विभिन्न शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। प्रदर्शनकारीहरूले अहिलेको संविधान र व्यवस्थालाई बचाउनु नै सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्। उनीहरूले जेन–जी आन्दोलनले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागहरूलाई सम्बोधन गर्दै संवैधानिक प्रक्रियाबाट नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *