वीरगन्ज :

पोखरियामा यात्रु सहायता कक्ष स्थापना

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.7kViews
1818 Shares

वीरगंज (पर्सा), १७ असोज । पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पोखरियामा प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेकाे छ । इलाका प्रहरी कार्यालय पोखरियाले चाँडलाई मध्यनजर गर्दै पाेखरियास्थित बस स्टेनमा हेल्प डेस्कको स्थापना गरेकाे हाे ।

बडा दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरुकाे सहयाेग र सहयताकाे लागी हेल्प डेस्क स्थापना गरिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक स्वरुप शर्माले जानकारी दिए । उनले चाँड बाडकाे समयमा यात्रुलाई आवत जवातकाे क्रममा हुने समस्यामा सहयाेगकाे लागि हेल्प डेस्क स्थापना गरिएकाे वताए । सवारी चालक वा टिकेट काउंटरले यात्रुहरु संग बढी भाडा लिए वा क्षमता भन्दा बढ़ी यात्रु बोकदा हुने जोखिमलाई निउनिकरण गर्ने उद्देश्यले पनि हेल्प डेस्क स्थापना गरियको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

यात्रुहरुलाई कुनै किसिमको असहज महसुष हुँदा वा केही सरसमान छुटेकाे खण्डमा समेत इलाका प्रहरी कार्यालय पोखरियाको सम्पर्क नम्बर ९८५५०२७०९९ मा जानकारी गराउन पनि इलाका प्रहरी कार्यालय पोखरियाले अनुरोध गरेको छ । यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा प्रहरी निरीक्षक सवरूप शर्मा, पोखरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, वडा सदस्यहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *