श्रेणी : अर्थ
बीरगन्ज,१७ माघ । पर्साको पोखरियामा मालपोत र नापी कार्यालयको शाखा कार्यालय स्थापनाका लागि सम्भावित स्थानको आज ९बिहीबार० अवलोकन गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पोखरियामा ती दुवै कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेपछि पोखरिया नगरपालिकाका जनप्रतिनिधीसहितका सरोकारवालाहरु त्यसका लागि जुटेका छन् । यसैक्रममा आज पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा बसेको सरोकारवालाहरुसहितको बैठक बसेको बसेको थियो ।
बैठकपछि मेयर चौहानसहित सरोकारवालाहरुको टोलीले कार्यालय स्थापनाका लागि पोखरिया–४ पोखरिया बजारमा अवस्थिते शिव मनिदर परिसर, कृषि शाखा कार्यालयको भवन र पोखरिया–९ सेमरवारी चोकमा रहेको सार्वजनिक धर्मशालाको अवलोकन गरेको हो ।
अवलोकन टोललीमा सहभागी सर्वेक्षक रामप्रमोद राउतले आज अवलोकन तथा निरीक्षण गरिएका स्थानमध्येबाटै उपयुक्त स्थानमा मालपोत र नापी कार्यालय स्थापना गरि सञ्चालन गरिने बताए ।
अवलोकन टोलीमा भुमी व्यवस्थापन तथा अभिलेख प्रमुख टेकराज अर्याल , नापी विभागका राकेश कुमार झा, अजय कुमार श्रीवास्तव ,सर्वेक्षक रामप्रमोद राउत , नापी अधिकृत राजकुमार विश्रवकर्मा ,रामरेखा चौरसिया , वडा अध्यक्ष प्रमोद गिरी,लक्ष्मण साह कानु ,नौसाद आलम ,सन्तोष गिरी ,भगवान प्रसाद कुर्मी ,पारस ठाकुर , सन्दिप साह कानु ,सञ्चारकर्मी शैलेश गुप्ता लगायतकाहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया