वीरगन्ज :

पोखरियामा टि२० पाँचौ मेयर कप सुरु, पहिलो खेलमा बिन्दवासिनी एक रनले विजयी

श्रेणी : BANNER

2 years
Pradeep Sah
1.8kViews
1199 Shares

वीरगंज । पोखरिया नगरपालिकामा आइतबारदेखि टि २० पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता सरु भएकाे छ ।

पाेखरिया नगरपालिकाकाे सहयाेग र वडा नं. ६ को आयोजनामा पाेखरियास्थित शेरा फिल्डमा सुरु भएकाे प्रतियाेगिताकाे उद्घाटन नगर प्रमुख प्रदुमन चाैहानले गरेका थिए ।

आयाेजक पाेखरिया नगरपालिका र बिन्दवासिनी गाउँपालिका बिच भएकाे उद्घाटन खेलमा एक रनले बिन्दवासिनी गाउँपालिका बिजयी भएकाे क्रिकेट खेलाडी याेगराज शर्माले वताए ।

उनका अनुसार सुरुमा टस जितेर ब्याटिङ गरेकाे बिन्दवासिनीले पुरै २० ओभर खेल्दै ७ विकेटकाे नाेक्सानी १८५ रन बनाएकाे थियाे । त्यसपछि १८६ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे पाेखरियाले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा एक रनले पराजित भएकाे थियाे ।

प्रतियाेगिताकाे उद्घाटन कार्यक्रम पाेखरिया नगरपालिकाका उप प्रमुख रूबी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, नेकपा एमाले नगर अध्यक्ष बिंध्याचल ठाकुर, वडा अध्यक्ष नौसाद आलम लगायतकाे उपस्थिती रहेकाे थियाे ।

८ वटा टिमकाे सहभागिता रहने प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।

साेमबार दोस्रो खेल कालिकामाई गाउँपालिका र बहुदरमाई नगरपालिका बिच हुने छ  । यी खेलमा विजयी हुने टिम र बिन्दबासिनी गाउँपालिका बिच पहिलो सेमिफाइनल खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *