वीरगन्ज :

पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो : राजदूत सोङ

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

गण्डकी । नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको बताएका छन् ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् । उनले यसअघि विमानस्थल उद्घाटन समारोहमा पनि यो बीआरआई परियोजना अन्तर्गतको नै भएको बताएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको भन्दै उनले यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए ।

उनले भने,‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ। यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’

नागरिक उड्डयन प्राधिकरणले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकको १ अर्ब ३७ करोड ८७ लाख ४० हजार चिनियाँ युआन ऋण लिएको थियो । जसमा एक्जिम बैंकबाट ३५ करोड ५९ लाख ३० हजार युआन निर्ब्याजी र १ अर्ब २ करोड २८ लाख १० हजार युआन ब्याज तिर्ने सर्तमा गरी १ अर्ब ३७ करोड चिनियाँ युआन ऋण सम्झौता गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *