वीरगन्ज :

पोखरामा रविका समर्थकद्धारा प्रधानमन्त्री ओली र थापाविरुद्ध नाराबाजी

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.0kViews
1905 Shares

पोखरा, २३ पुस । रास्वपा सभापति रवि लामिछानेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादी बनाइएको छ । सोही क्रममा मंगलबार लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका छ्न् ।

बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काइएको छ । उनलाई अदालत गेट बाहिर निकाल्ने क्रममा समर्थकले हात हल्लाएर नाराबाजी सुरु गरे ।

रवि दाइ हाइहाई नाराबाजी गर्दागर्दै उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध पनि नाराबाजी गरेका हुन् । उनीहरुले कांग्रेस महामन्त्री गगन थापाविरुद्ध पनि नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *