वीरगन्ज :

पेस्तोलसहित ४ भारतीय पक्राउ

पेस्तोलसहित ४ भारतीय पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
2.7kViews
1603 Shares

कञ्चनपुर, १० माघ । भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।

महेन्द्रनगर बजार नजिकै बुधबार राति भारतीय नम्बरको युके ०६ एआर ०८४६ गाडीमा पेस्तोल बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा भारत उत्तराखण्डको उद्यमसिंहनगर खटिमाका उद्यमसिंहनगर खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल विष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार बुधबार सांझ महेन्द्रनगर आएका उनीहरुलाई एउटा गाडीमा फर्किदाखेरी पक्राउ परेका हुन् ।

‘हतियार देखिएको सुचना आएपछि हामीले चेकजांच गरेका हौं, हतियार मात्रै देखियो, गोली थिएन,’ एसपी जोशीले भने, ‘गाडीमा मदिरा पनि भेटिएको छ, उनीहरु खानपिनका लागि आएजस्तो देखिन्छ ।’ पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *