वीरगन्ज :

पेस्ताेल, गोली र नक्कली नोट सहित दुई भारतिय पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

10 months
Pradeep Sah
3.0kViews
1989 Shares
वीरगंज । सर्लाही प्रहरीले हात हतियार, गोली र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहारकाे सितामढी जिल्ला, मेजरगंज थाना, बसविटा ग्रामपंचायत, रसुलपुर गाँउ निवासी २६ बर्षिय कुन्नु पटेल र साेही ठाउँ निवासी ३० बर्षिय मुकेश पटेल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब निरिक्षक सुभाष यादवकाे कमाण्डमा खटिएको प्रहरी टोलीले भारत तर्फबाट आउने सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा भारत तर्फबाट नेपालको मधुवनीगाउँ तर्फ आउँदै गरेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
सर्लाहीकाे गोडैता नगरपालिकाकाे वडा नं. १२ स्थित चेकजाँच गर्ने क्रममा दुबै जनाकाे साथबाट फलामको घरेलु नलकटुवा पेस्तोल १ थान, केएमएफ ८ एमएम लेखिएको राउण्ड (गोली) ६ थान, केएफ ९ एमएम लेखिएको राउण्ड (गोली) ४ थान गोलीहरु र खोटा मुद्रा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार रु. एक हजार दरको नक्कली जस्तो देखिने नेपाली नोट तल माथि राखी बिचमा सोहि नोट साईजको सेतो कागजहरु राखी बण्डल बनाएको १० थान बण्डलमा रु. एक हजार दरको नक्कली नोट (खोटा मुद्रा) २० (बिस) थान बरामद भएकाे हाे । पक्राउ परेकाहरुलाई सर्लाही जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्घान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *