वीरगन्ज :

पेट्रोलियम संकट गहिरिँदा सरकारको रणनीतिक कदम, दुई दिन बिदा दिँदै दबाब कम गर्ने प्रयास

श्रेणी : BANNER

16 hours
Pradeep Sah
2.0kViews
1732 Shares

बीरगन्ज,२२ चैत । सरकारले मुलुकमा बढ्दो पेट्रोलियम पदार्थको संकट र आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अबदेखि हरेक हप्ताको शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हो। यो नियम भोलिदेखि नै देशभर लागू हुने छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भएको वृद्धि र आन्तरिक आपूर्तिमा देखिएको समस्याका कारण इन्धन खपत कम गर्ने उद्देश्यले सरकारले यो कदम चालेको हो। कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गरिएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *