श्रेणी : प्रदेश
      2.0kViews
      
      
      1425
      Shares
      
      
काठमाडौ,३१ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य नबढाउने निर्णय गरेको छ। आगामी चाडपर्वलाई लक्षित गर्दै र मुलुकको विशेष परिस्थिति विचार गरेर मूल्य यथावत् राखिएको निगमले जनाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि उपभोक्तामाथि प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्यले तत्काल मूल्य समायोजन नगरी पुरानै दरमा बिक्री गर्ने निर्णय गरिएको हो।
त्यसैगरी, चाडपर्वमा इन्धनको अभाव नहोस् भनेर निगमले आपूर्ति प्रणालीलाई थप सुदृढ बनाइएको स्पष्ट पारेको छ। ढुवानी र वितरण व्यवस्थालाई प्रभावकारी बनाएर उपभोक्तालाई आवश्यक पेट्रोलियम पदार्थ सहजै उपलब्ध हुने आश्वासन पनि निगमले दिएको छ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया