वीरगन्ज :

पेट्रोलियम पदार्थको मूल्य घट्यो

श्रेणी : अर्थ

3 years
birgunj report
26Views
0 Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार रातिदेखि लागु हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *