श्रेणी : राष्ट्रिय
98Views
0
Shares
काठमाडौँ । सरकारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो ।
पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो ।
राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत भएका हुन् । यस्तै बैठकले न्यूनतम साझा कार्यक्रमलाई अनुमोदन गरेको छ ।
प्रतिक्रिया