श्रेणी : प्रदेश
वीरगन्ज,१५ पुस । पूर्व युवराज पारस वीर विक्रम शाहको ५५औँ शुभ जन्मोत्सव वीरगन्जकाे महावीर मन्दिर प्राङ्गणमा विशेष कार्यक्रमका साथ मनाइएको छ । देश भक्त राज भक्त संस्थाका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व युवराज शाहको जन्मोत्सव मनाइएको हो ।
कार्यक्रममा सतीश कुमार श्रीवाली उपाध्यक्ष, अब्दुल सतार अन्सारी, रामनारायण प्रसाद साह, पशुपति विक्रम शाह, श्रीमती उषा शाह, वीरेन्द्र थापा, अणु राणा, महेन्द्र प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा वक्ताहरूले पूर्व युवराज पारस वीर विक्रम शाहको योगदान र राष्ट्रप्रतिको समर्पणलाई स्मरण गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुका साथै युवापुस्तालाई राष्ट्र निर्माणप्रति प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले बताए ।
धूमधामका साथ सम्पन्न उक्त कार्यक्रममा स्थानीय समुदायको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया