२०८२ श्रावन १०, शुक्रबार

वीरगन्ज :
२२:३०:४७

पूर्व प्रधानमन्त्री प्रचण्डको बीरगन्जमा भव्य स्वागत, बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.2kViews
1793 Shares

बीरगन्ज,०८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बीरगन्जमा भव्य स्वागत गरिएको छ। उनी ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि बीरगन्ज पुगेका हुन्।

आज माओवादीले पर्सामा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ। बिहानै मर्निङ्गवाक कार्यक्रमसँगै जनतासँगको भेटघाटको कार्यक्रम तय गरिएको छ। बिहान ६:३० बजे चियापान र विचार गोष्ठीको कार्यक्रम हुनेछ भने त्यसपछि बिहान ९:०० बजे विभिन्न समूहगत छलफल र अन्तरक्रिया आयोजना गरिनेछ। कार्यक्रममा बिहान ११:३० बजे पत्रकार सम्मेलन पनि हुनेछ।

कार्यक्रमको क्रममा विभिन्न बहुआयामिक प्रस्तुति, संगठनात्मक छलफल र समूहगत समीक्षा गरिने माओवादीका नेताहरूले बताएका छन्। विशेषत: दिउँसो १:३० बजे पर्साको बहुअर्वाभाठामा जनसंवाद कार्यक्रम सञ्चालन हुने छ, जहाँ प्रचण्ड र अन्य नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्।

कार्यक्रमको समापन साँझ ३:३० बजे पार्टी नेतृत्वको समीक्षा बैठकसँगै हुनेछ। नेकपा माओवादी केन्द्रका नेताहरूका अनुसार यो अभियान मधेशमा पार्टीलाई पुनः सशक्त बनाउनका लागि एक रणनीतिक कदमको रूपमा अघि बढाइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *