वीरगन्ज :

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

श्रेणी : अपराध

2 hours
Pradeep Sah
2.8kViews
1554 Shares

काठमाडौं,१४ चैत । नयाँ सरकार गठन भएको एक दिन नबित्दै मुलुकको राजनीतिक वातावरण तातिएको छ। ‘जेनजी आन्दोलन’ सम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयपछि पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्।

प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो। त्यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायसँग तीव्र छलफल गरेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी ‘जरुरी पक्राउ पुर्जी’ जारी भएपछि अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

छानबिन आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिमा उच्च तहका नेतृत्वको जिम्मेवारी औंल्याउँदै कारबाही सिफारिस गरेको थियो। सोही आधारमा अहिले कानुनी प्रक्रिया अघि बढाइएको हो।

सरकारको यस कदमले राजनीतिक वृत्तमा व्यापक प्रतिक्रिया उत्पन्न गरेको छ। एकातिर यसलाई कानुनी शासनको अभ्यास भनिएको छ भने अर्कोतर्फ विपक्षीहरूले यसलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्न सक्ने संकेत देखिएको छ।

अब यो घटनाक्रमले देशको राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *