
श्रेणी : BANNER
वीरगंज । पूर्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदी राजनीतिमा प्रवेश गरेका छन् । उनले जनमत पार्टीको सदस्यता लिएर विधिवत रुपमा राजनीतिका यात्रा सुरु गरेका हुन् ।
एसएसपीबाट सेवा निवृत्त भएपछि द्विवेदीले मंगलबार जनमत पार्टीको काठमाडौं स्थित कार्यालयमा गएर पार्टीका अध्यक्ष डाक्टर सीके राउतबाट सदस्यता प्राप्त गरी विधिवत रुपमा जनमत पार्टीको सदस्य भएका हुन् । बढुवामा नपरिएको भन्दै केही समय अगाडि उनी एसएसपीबाट राजीनामा दिएका थिए ।
प्रहरी सेवामा रहेर काम गर्दा द्विवेदी सप्तरी, नुवाकोट, पर्सा, बारा काठमाण्ढौ लगायतका जिल्लाहरुमा जिम्मेवारीमा रहेर काम गरेका थिए ।
पर्सा निवासी द्विवेदीको पारिवारिक पृष्ठभूमि नेपाली कांग्रससँग नजिक रहेको मानिन्छ । उनी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदीको नातामा भतिजा पर्छन् । कालिका टाईम्स

प्रतिक्रिया