वीरगन्ज :

पूर्व एआईजी विजयलाल कायस्थ बीरगन्जमा सम्मानित

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1151 Shares

बीरगन्ज,,१३ फागुन । सामुदायिक सुरक्षा र शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विजयलाल कायस्थलाई बीरगन्जमा विशेष सम्मान प्रदान गरिएको छ।

सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र, मुर्ली श्रीपुरले विशेष कार्यक्रमको आयोजना गरी कायस्थलाई सम्मान गरेको हो। करिब १९ वर्षअघि पर्सा जिल्ला प्रहरी प्रमुखका रूपमा सेवा गरेका कायस्थले द्वन्द्वकालीन समयमा जिल्लाको सुरक्षा सुदृढ गर्दै सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रको स्थापना गरेका थिए।

उनकै नेतृत्वमा सुरक्षा व्यवस्थामा सुधार आएको भन्दै यो सम्मान अर्पण गरिएको हो। कार्यक्रममा केन्द्रका अध्यक्ष राम सर्राफले फुलमाला अर्पण गर्दै कायस्थलाई औपचारिक स्वागत गरे।

सो अवसरमा कायस्थले सामुदायिक सुरक्षा सुदृढ गर्न थप उपायहरूबारे परामर्श दिँदै सामुदायिक सहभागिताको महत्त्वबारे चर्चा गरे। कार्यक्रममा उपाध्यक्ष जियालाल साह, सचिव दिलीप प्रधान, सल्लाहकार पुरुषोत्तम दुबे लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *