श्रेणी : BANNER
7Views
0
Shares
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले सोमबार साँझ प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।
भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
प्रतिक्रिया