
श्रेणी : BANNER
18Views
0
Shares
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा शेर्पाबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीका अनुसार यो घटनामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न थुनुवा भेट्न पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।
उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौंबाट प्रहरीले अनुमति लिएको छ । तर, शेर्पा अहिले बेपत्ता भएका छन् । सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया