वीरगन्ज :

पूर्वराजा शाहलाई राजनीति गर्ने हो भने पार्टी खोल्न माओवादी केन्द्रको सल्लाह

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
2.8kViews
1509 Shares

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने हो भने पार्टी खोलेर चुनावमा भाग लिन सल्लाह दिएको छ ।

मंगलबार प्रतिनिधि सभामा माओवादी सांसद रेखा शर्माले संविधानले सबैलाई पार्टी दर्ता गरेर चुनावमा सहभागी हुन अधिकार दिएको भन्दै, “पूर्वराजालाई भन्न चाहन्छु– राजनीतिमा आउने हो भने पार्टी खोल्ने, पार्टी दर्ता गर्ने हो, प्रधानमन्त्री बन्ने हो,” भनिन् ।

सांसद शर्माले संविधान निरंकुश नभएको र सबैलाई समान अधिकार दिएको उल्लेख गर्दै, “अहिलेको संविधान निरंकुश छैन, सबैलाई पार्टी खोल्ने अधिकार दिएको छ। त्यसैले त्यसतर्फ जान उपयुक्त हुन्छ,” थपिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आफूले राजगद्दी त्यागेको विषयलाई त्यागको रूपमा व्याख्या गर्दै राजनीतिक दललाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *