वीरगन्ज :

पूर्वराजा ज्ञानेन्द्रको मूर्खताले नै गणतन्त्र सम्भव भयो : अध्यक्ष प्रचण्ड

श्रेणी : प्रदेश

7 months
Pradeep Sah
2.4kViews
1570 Shares

काठमाडाैं,०५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिलेनको रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण भएको बताएका छन् । ज्ञानेन्द्रको मूर्खताका कारण नै नेपालमा गणतन्त्र स्थापना भएको उनले टिप्पणी गरे ।

सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पूर्वराजाका क्रियाकलापले समाजवादी क्रान्तिको बाटो झन् फराकिलो हुने बताएका हुन् ।

‘भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका महत्त्वपूर्ण छ, कुनैपनि कथा, नाटक या फिल्म हिरोले मात्र चल्दैन, त्यहाँ भिलेनको रोल सक्रिय नभए हिरो सफल नहुनसम्छ । भिलेन खतरनाक भएर आयो भने हिरोले सम्पूर्ण ताकत लगाएर त्यसलाई परास्त गर्ने गर्छ’, प्रचण्डले भने ।

राजतन्त्र नेपालको इतिहास बनिसकेको भन्दै प्रचण्डले फेरि अर्को मूर्खता गरे मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ‘पहिलेका राजा महाराजालाई जनताले र संविधानले इतिहासको विषय बनाइसकेको छ । अर्को मूर्खता नगरियोस्, त्यो भयो भने त्यसले निकै ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ’, प्रचण्डले भने ।

पूर्वराजा संयमित रूपले बस्नुको सट्टा फेरि दुस्साहस गरे त्यसको परिणाम गम्भीर हुनसक्ने प्रचण्डले चेतावनी दिए ।

‘अहिले जुन बहस शुरू भएको छ, त्यसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन र समाजवादी क्रान्तितिर अगाडि हुन नयाँ विचार र रणनीति बनाउन मद्दत पुगेको छ’, उनले भने, ‘राजतन्त्र पुनर्स्थापना त असम्भव छ । यसले समाजवादको यात्रा अझ फराकिलो बनाएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *