काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आइतबार दिउँसो उनका समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि प्रदर्शन गरेका छन् ।
राजसंस्थाको पुनःस्थापना र राष्ट्रवादको संरक्षणको माग गर्दै उनीहरूले नाराबाजी गरेका थिए। पूर्वराजा शाह आज दिउँसो ३ बजे पोखराबाट काठमाडौं आउने कार्यक्रम रहेकाले उनका समर्थकहरू विमानस्थल गेटअगाडि भेला भएका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले वर्तमान राजनीतिक प्रणालीप्रति असन्तोष जनाउँदै राजतन्त्रको पुनःस्थापना आवश्यक रहेको भन्दै नारा लगाएका थिए ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल वरपर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो। सुरक्षा निकायका अनुसार प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया