वीरगन्ज :

पूर्वराजाको अभिव्यक्तिपछि वीरगन्जमा राजावादीहरु सक्रिय, आन्दोलनको तयारी तीव्र

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.6kViews
1579 Shares

वीरगन्ज,०८ फाल्गुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिसँगै राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन गर्ने तयारी थालेको छ । राप्रपासँगै राजाबादी संघ संस्थाहरुले सयुँक्त रुपमा वीरगन्जबाटै आन्दोलन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

वीरगन्जमा रहेका पूर्व र हालका राजाबादी व्यक्तिहरु राप्रपामा प्रवेश गर्ने र वीरगन्जबाटै आन्दोलनको बिगुल फुक्ने तयारी भइरहेको राप्रपाका पूर्व केन्द्रिय सदस्य नगिना यादवले बताए । उनकाअनुसार यही फागुन १२ गते वीरगन्जमा राप्रपाको बैठक बस्दैछ ।

राप्रपाका महामन्त्री एवम् आन्दोलन परिचालन समितिका अध्यक्ष धवल शमशेर जबरा लगायतका केन्द्रिय नेताहरु वीरगन्जमा आउन लागेका छन् । बैठकमा आन्दोलनको स्वरुप र पार्टीलाई सशक्त बनाउने विषयमा छलफल गरिने बुझिएको छ ।

वीरगन्जका पूर्व मेयर एवम् पूर्व सांसद बिमल श्रीवास्तवका भाई बरिष्ठ कलाकार नन्दु श्रीवास्तवसहित पूर्व राजाबादी रहेका वीरगन्जका विभिन्न व्यक्तिहरु पार्टी प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार मधेश प्रदेशका आठवटै जिल्लाका नेता कार्यकर्ताको उपस्थितीमा वीरगन्जमा बृहत मोटरसाइकल ¥याली निकाल्ने तयारी भइरहेको छ । ¥यालीपश्चात कोणसभा गरेर वीरगन्जबाटै आन्दोलनको बिगुल फुक्ने गोप्य तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *