वीरगन्ज :

पूर्वमन्त्री गुप्ता र रञ्जिता श्रेष्ठ घुस प्रकरणमा अख्तियारको घेरामा, करोडौं लेनदेनको आशंका

श्रेणी : BANNER

6 hours
Pradeep Sah
2.8kViews
1139 Shares

काठमाडौं,११ साउन । पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले चलाएको घुस प्रकरणको छानबिन गहिरिँदै गएको छ। करोडौं रुपैयाँको लेनदेनको आशंका गरिएको यो प्रकरणमा अख्तियारले अडियो, फोन म्यासेज र भ्वाइस परीक्षणसमेतको आधारमा प्रमाण संकलन गरिरहेको छ।

सामान्य प्रशासनमन्त्री रहेका बेला राजकुमार गुप्ता र भूमिसुधारमन्त्री रहँदा रञ्जिता श्रेष्ठले कर्मचारी सरुवा र जग्गा कारोबारमा सञ्चालित दलाली नेटवर्कमार्फत घुस लिएको अडियो सार्वजनिक भएपछि छानबिन तीव्र बनाइएको हो।

अख्तियार स्रोतका अनुसार, गत हप्तादेखि चरणबद्ध रूपमा दुबै पूर्वमन्त्रीको बयान लिइँदैछ। मंगलबार पूर्वमन्त्री गुप्ताको बयानसँगै भ्वाइस म्याचिङ परीक्षण गरिएको थियो। त्यसको भोलिपल्ट, बुधबार, रञ्जिता श्रेष्ठसँग पनि बयान र स्वर परीक्षण गरिएको छ।

छानबिनमा संलग्न एक अधिकारीका अनुसार, “अडियोमार्फत घुस मागिएको पुष्टि हुन थालेपछि बयान र टेक्निकल परीक्षण तीव्र पारिएको हो।”

अख्तियारको अनुसन्धानका क्रममा, रञ्जिता श्रेष्ठले घुस मागेको प्रमाणहरू फेला परेको दाबी गरिएको छ। एक अडियो क्लिपमा श्रेष्ठले ‘जी, पशुपति पूजामा छु। क्यास चाहिएको छ। ड्राइभरलाई लिन पठाइदेऊ’ भन्ने सन्देश पठाएको भेटिएको छ। यद्यपि, श्रेष्ठले यो आरोप अस्वीकार गर्दै आएकी छन्।

छानबिनका क्रममा पोखराका एक व्यक्तिसँग बारम्बारको सम्पर्क, फोन संवाद, म्यासेज आदानप्रदान र रकम मागेको प्रमाणहरू फेला परेको अख्तियार स्रोतले जनाएको छ। ती व्यक्तिसँगको संवादमा मन्त्री गुप्ताले मलाई कल गर्दैछन्, र काम अघि बढाइदिन्छु जस्ता आश्वासन दिएको अडियो र म्यासेज समेत प्रस्तुत भएको बताइएको छ।

छानबिनमा पूर्वमन्त्री श्रेष्ठले आफूले व्यक्तिगत सुरक्षा अधिकृत (PSO) को प्रयोग गरेर पैसा मागेको पनि देखिएको छ। मन्त्रिपरिषद् बैठकको गोप्य सूचना पनि व्यक्तिलाई अग्रिम दिइएको पाइएको स्रोतको दाबी छ।

यसै घटनाले श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक विवाद पनि चुलिएको छ। पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठसँग पार्टीका संरक्षक र श्रीमान् रेशम चौधरीले स्पष्ट जवाफ मागिसकेका छन्।

अख्तियारले प्रारम्भिक रूपमा करोड रुपैयाँभन्दा बढीको घुस कारोबार भएको संकेत पाएको बताएको छ। अहिले फेला परेका प्रमाणहरू थप विश्लेषण गरेर विस्तृत प्रतिवेदन तयार गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *