वीरगन्ज :

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान,सनातन धर्मको संरक्षणमा योगदानको सम्मान

श्रेणी : धर्म संस्कृति

3 months
Pradeep Sah
1.5kViews
1816 Shares

काठमाडौँ, २० पुस । नेपाली सांसद तथा पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने प्रतिष्ठित विश्व हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ। भारतको खाटु श्याम दिल्ली धाममा आयोजित विशेष समारोहमा आलेसहित विभिन्न देशका प्रतिष्ठित व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो ।

विश्व हिन्दु महासङ्घले पाँच वर्षमा एक पटक समाजसेवा, राजनीति, र हिन्दु धर्मको संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई यो सम्मान प्रदान गर्दछ। प्रेम आलेले हिन्दु धर्मको संरक्षण र सनातन हिन्दु परम्पराको संवर्द्धनमा पुर्‍याएको योगदानका लागि यो अवार्ड प्राप्त गरेका हुन् ।

अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका समाजसेवी एसएस अग्रवाल र निता अम्बानी, उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका धर्मगुरु स्वामी जय पतका, तथा श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधालगायतका प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।

समारोहमा बोल्दै पूर्वमन्त्री आलेले विश्व हिन्दु महासङ्घलाई धन्यवाद ज्ञापन गर्दै यो सम्मानले आफूलाई खुसी र गर्व लागेको बताए। साथै, उनले आगामी दिनमा पनि हिन्दु सनातन धर्मको संरक्षण र संवर्द्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झा, भारतका वरिष्ठ समाजसेवीहरू, र विश्व हिन्दु महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
समारोहमा महासङ्घका अध्यक्ष डा. आजय सिंहले धर्म, राजनीति, र समाजसेवामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्न पाउँदा आफूहरू गर्वित भएको बताए ।

विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने यो सम्मानले धर्म, समाज, र परम्पराको संरक्षणका लागि योगदान पुर्‍याउने व्यक्तित्वहरूको महत्त्वलाई झल्काउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *