
श्रेणी : समाचार
24Views
0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकबाट बाहिरने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भोलि मनोनयन हुने बताएका हुन् ।
उनले भने,’भोलि एमाले उम्मेदवारको मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन।’
उनले पुस १० गते नै उम्मेदवारी दिने निर्णय भएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारी मनोनयन शनिबार हुँदैछ ।

प्रतिक्रिया