वीरगन्ज :

पुसका लागि नयाँ ब्याजदर घोषणा

श्रेणी : BANNER

4 months
Pradeep Sah
1.8kViews
1645 Shares

काठमाडौँ, ३० मंसिर । पुस महिनाका लागि ११ वटा बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये सो बराबर बैंकले ब्याजदर समायोजन गरेका छन् । यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् ।

साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकको ब्याजदर सामान्य बढेको छ। त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन वटा बैंकको ब्याजदर घटाउँदा एउटा बैंकको ब्याजदर मात्रै बढेको छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा आठवटा बैंकले ब्याज घटाएका छन् ।
कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । पुस महिनाका लागि सो बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र २.५० प्रतिशत ब्याज दिनेछ जनाएको छ ।सिटिजन्स बैंक पुस महिनाका बचत खाताको ब्याजदर स्थिर राखेको छ । व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको लागि ०.२५ र ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । यस अनुसार बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम हुनेछ ।

एभरेस्ट बैंकले यसपटक सबै प्रकारका खाताका ब्याजदरलाई यथावत राखेको छ । यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

ग्लोबल आईएमई बैंकले यसपटक बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ । संस्थागत मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ । यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५५ प्रतिशत ब्याज दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *