वीरगन्ज :

पुष्कर शाहलाई साइकल चढेको भन्दै रास्वपा कार्यालय प्रवेश गर्न दिइएन

श्रेणी : समाचार

2 years
birgunj report
7Views
0 Shares

काठमाडौं । विश्व साइकलयात्री पुष्कर शाहले आफूलाई साइकल चढेकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रवेश नपाएको बताएका छन् ।

सोमबार बिहान रास्वपाका उपाध्यक्ष डिपी अर्यालले बोलाएर आफू भेट्न पार्टी कार्यालय पुगेको तर पालेले साइकल चढ्नेलाई प्रवेश निषेध भनेपछि आफू त्यसै फर्किएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘घन्टी घरको कथा’ माननीय डिपी अर्यालः राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्ष ज्युलाई नि भेट्नुपर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्यूले साइकललाई घन्टी घर भित्र प्रवेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटरसाइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटरसाइकल त पाउँछ भने । पालेज्यूको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपी अर्याललाई फोन गरेँ । फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्कें । झ्याक्ने साइकले जिन्दगी !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *