वीरगन्ज :

पुर्व राजा ज्ञानेन्द्रद्वारा शिव मन्दिरमा पुजा अर्चना, स्थानियले गरे स्वागत

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.1kViews
1653 Shares

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई रौतहट जिल्ला स्थित शिवनगरमा सम्मान सहित स्वागत गरिएको छ ।
शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्न छोरी प्रेरणा शाह सहित पुग्नु भएको पुर्व राजा शाहलाई स्थानियले सम्मान सहित स्वागत गरेका हुन ।

पूर्व राजा शाहलाई स्वागत तथा सम्मान गर्न स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समिति वीरगंजका पदाधिकारीहरु पनि वीरगंज पुगेका थिए । शिव मन्दिर परिसर भित्र र बाहिर पुर्व राजा शाहको स्वागतमा हजार सर्वसाधारण सहभागी भएको मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए ।

स्थानीय स्तरमा समेत राम बाबु साह तेलीको अध्यक्षतामा स्वागत समिति गठन गरिएको थियो । पुर्व राजा शाहको स्वागतका लागी ठाउ ठाउमा स्वागतद्वार बनाइएको थियो । स्वागत द्वारमा लेखिएको “संविधान २०४७ बाट स्थापित र २०७२ को संविधानबाट विस्थापित श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार” सब्ध किन लेखिएको भनेर प्रहरीले अवरोध गर्दै व्यानर हटाउन खोज्दा सर्वसाधारणले विरोध गरेका थिए ।

सर्वसाधारण प्रतिकारमा उत्रिएपछि प्रहरी पछि हटेको स्थानीय रामप्रवेश महतोले जानकारी दिए । महतोले जनताको आस्था राजा प्रति विगत झै अझ् पनि कायम रहेको र वर्तमान मुलुकको जर्जर अवस्थाबाट उनमुक्ति राजाबाट नै हुने जनताको अपेक्षा रहेकोले अब राज संस्था पुनरस्थापनाको विकल्प नभएको उनले वताए ।

पुर्व राजा शाहको स्वागतमा ओर्लिएको मानव सागरबाट अत्तालिएर गणतान्त्रीक सरकारले जनभावना विपरितको कदम चाल्न खोज्दा जनताले प्रतिकार गरेको स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समितिका प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *