वीरगन्ज :

पुरानो गठबन्धन ब्यूँताउनेबारे छलफल भएपनि फाइनल भएको छैनः प्रधानमन्त्री

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँचदलीय गठबन्धन ब्यूँताउनेबारे छलफल भइरहेको बताएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्रीले छलफल भइरहेको तर फाइनल भइनसकेको बताएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विभिन्न विकल्पमा छलफल भइरहेको तर निष्कर्षमा नपुगेको बताए ।

उनले भने,‘हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । देशलाई हित हुने विकल्प रोज्छौं।’

भेटघाटमा माओवादीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल र नेता घनश्याम भूसाल सहभागी थिए । यसअघि बुधबार साँझ कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *