वीरगन्ज :

पुजा सामग्री प्राेडक्ट उद्याेगमा शिलबन्दी

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1255 Shares
वीरगंज । गुणस्तरहीन अखाद्य सामग्री उत्पादन र बेचबिखन गर्ने वीरगंजकाे एक उद्योगमा प्रशासनले बिहीबार शिलबन्दी गरेको छ ।
अनुगमनका क्रममा अखाद्य र गुणस्तरहीन वस्तु उत्पादन र बिक्री वितरण गरेकाे फेला परेका वीरगंज महानगरपालिका–६ रेशमकोठीमा रहेको पूजा सामग्री प्रोडक्ट उद्योगमा सिलबन्दी गरिएको हो ।
उद्योगबाट च्वाईस बेकरी, खाली कार्टुन, खाली बट्टा, डाल्डाको स्वस्तिक ब्रान्ड, तयारी घ्यु, नोभा मिल्क, अमृत डाल्डा लगायतका सामग्रीसहित उद्योगको भवनलाई शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । उमेश साहले सञ्चालन गरेको उद्योगबाट बरामद भएका सामग्रीमध्ये केही सामान परीक्षणका लागि लिएर आएको पनि उनले जानकारी दिए ।
सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीको संयोजकत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख मनीषकुमार दास, उद्योग प्रतिनिधि कृष्णकुमार सर्राफ, उपभोक्ता हित संरक्षण मञ्चका विशाल झा, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *