वीरगन्ज :

पिकअपको ठक्करबाट ७२ वर्षीय पैदलयात्रीको मृत्यु

श्रेणी : मधेस

4 months
Pradeep Sah
1.7kViews
1510 Shares

बारा,०९ पुस । बारागढी गाउँपालिका-२ दौर्वा चोकस्थित सडकमा पिकअप गाडीको ठक्करले ७२ वर्षीया पैदलयात्री कबित्री देवी महराको ज्यान गएको छ।

दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअपले महरालाई ठक्कर दिएको हो। गम्भीर घाइते अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल कलैया लगिएको भए पनि उपचारकै क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *