वीरगन्ज :

पिकअपको ठक्करबाट वृद्ध साइकल यात्रीको मृत्यु

श्रेणी : अपराध

2 months
Pradeep Sah
3.0kViews
1113 Shares

सप्तरी,२८ पुस । सप्तरीको खडक नगरपालिका क्षेत्रमा पिकअप गाडीको ठक्करबाट एक वृद्ध साइकल यात्रीको ज्यान गएको छ।

खडक नगरपालिका–५ स्थित खरचुईया क्षेत्रमा रहेको पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ भएको दुर्घटनामा खडक नगरपालिका–३ का ७९ वर्षीय लखन ठाकुरको मृत्यु भएको हो।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको पिकअप गाडीले उत्तरबाट दक्षिणतर्फ सडक पार गरिरहेका ठाकुरलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको थियो।

तर उपचारकै क्रममा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

दुर्घटनापछि फरार पिकअप गाडी र चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *