श्रेणी : BANNER
      70Views
      
      
      0
      Shares
      
      
पाल्पा । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार ठाकुर गैरे विजयी भएका छन् ।
उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जितहारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ ।
अब केहीबेरमा घोषणा हुने जनाइएको छ । २०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्वसहकर्मी पनि हुन् ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया