वीरगन्ज :

पार्टी विधिसम्मत चलेनः नेता भण्डारी

श्रेणी : BANNER

1 year
birgunj report
46Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताका बारेमा पार्टीले पुनर्विचार गर्नुपर्ने बताएका हुन् । पार्टीको केन्द्रीय समितिको आइतबारको बैठकमा नेता भण्डारीले वर्तमान संघीय प्रणाली राष्ट्रिय सुरक्षाको दृष्टिकोणले खतरा रहेको बताएका हुन् ।

उनले सतानत हिन्दू धर्ममाथि आक्रमण भइरहँदा पार्टी हेरेर बसेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ । यसमा पार्टीले पुनर्विचार गर्नुपर्दछ । सनातन हिन्दु धर्ममाथि आक्रमण भैरहँदा पार्टीको दृष्टिकोण खै ? सरकार के हेर बसिरहको छ ?’

नेता भण्डारीले देशमा जातियताका नाममा युद्ध हुने अवस्था आइसकेको भन्दै यसविषयमा पार्टी गम्भीर बन्नुपर्ने बताए । उनले पार्टी पदाधिकारी युवा आएपनि परिवर्तन हुन नसकेको बताए ।

त्यस्तै उनले पार्टी विधिसम्मत नचलेको भन्दै आपत्ति जनाए । उनले भने, ‘न पार्टी चलायमान भएको छ न विधिसम्मत चलेको छ । न्यायोचित ढंगले पार्टी चल्न सकेको छैन । पार्टी यसरी चल्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *