
श्रेणी : खेलकुद
138Views
0
Shares
काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खड्काले बागमती प्रदेशका ४ जिल्लाको समर्थनसहित प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
खड्कालाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् । बागमती प्रादेशिक क्रिकेट संघको चुनाव भदौं १५ गते हुँदैछ ।
उनले क्रिकेटको प्रादेशिक संरचनालाई बलियो बनाउने आफ्नो लक्ष्य रहेको बताए । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्य समितिको चुनाव आगामी असोज पहिलो साता हुने तय भएको छ ।

प्रतिक्रिया