वीरगन्ज :

पानी जहाज कम्पनीका लागि कोरियाली भाषा परीक्षाको आवेदन खुल्यो

श्रेणी : BANNER

2 years
birgunj report
13Views
0 Shares

काठमाडौं । कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियामा नेपाली नागरिकलाई पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउन ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको हो । इच्छुक नेपाली नागरिकले यही साउन २० देखि २४ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दर्ता गर्न सक्ने छन् ।

भाषा परीक्षा असोज १ गतेदेखि सञ्चालन हुने र सीप परीक्षणको मिति पछि तय हुने जनाइएको छ । भाषा परीक्षा, सीप परीक्षण तथा अन्तवार्तामा प्राप्त गरेको प्राप्ताङ्कको आधारमा अधिकतम अंक प्राप्त गर्नेहरूमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोश्रो चरणमा गरी अनुमानित उत्तीर्ण सङ्ख्या २ हजार ५ सयको अन्तिम नतिजा प्रकाशन गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *