
श्रेणी : प्रदेश
2.1kViews
1509
Shares
काठमाडौं,२७ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।
आफ्नै ठाउँमा निशुल्क सेवा पाउँदा स्थानीय महिला खुसी भएका छन् । भोजपुरको पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको हो ।
शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको छ । अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया