
श्रेणी : BANNER
53Views
0
Shares
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। शनिबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार विष्ट विजयी भएका हुन्।
गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिबार निर्वाचन गरिएको थियो । विष्ट ८४१ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मतमा सीमित भएका छन् ।


प्रतिक्रिया