वीरगन्ज :

पाकिस्तान सुपर लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

श्रेणी : अन्तर्राष्ट्रिय

9 months
Pradeep Sah
1.9kViews
1776 Shares

काठमाडौं,२५ पुस । पाकिस्तान सुपर लिग (पीएसएल) २०२४ को ड्राफ्टमा नेपालका ६ क्रिकेटर समावेश भएका छन्। विदेशी खेलाडी अन्तर्गत सिल्भर क्याटेगोरीमा रहेका यी खेलाडीलाई विभिन्न फ्रेन्चाइज टोलीहरूले छनोट गर्न सक्नेछन्।

पीएसएलको ड्राफ्टमा पर्ने नेपाली खेलाडीमा विकेटकिपर-ब्याट्सम्यानद्वय आसिफ शेख र अर्जुन साउद, टप अर्डर ब्याट्सम्यान देव खनाल, तथा अलराउन्डरहरू दीपेन्द्रसिंह ऐरी, गुल्शन झा र सोमपाल कामी रहेका छन्।

सिल्भर क्याटेगोरीमा खेलाडीको न्यूनतम मूल्य २५ हजार डलर रहेको छ। ड्राफ्टमा रहेका खेलाडीहरुमध्येबाट फ्रेन्चाइज टिमहरुले खरिद गर्न सक्नेछन्। खेलाडी छनोट १३ जनवरीमा हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *