वीरगन्ज :

पाकिस्तानलाई ३ गोलले हराउँदै भारतलाई यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि

श्रेणी : खेलकुद

2 years
birgunj report
34Views
0 Shares

काठमाडौं । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाडौंमा शुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *